logo-img

निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न धरानका मेयरलाई उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न अन्तरिम आदेश दिएको छ ।

धरान १ का पूर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिना अधिकारीले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जबरजस्ती वृक्षारोपण गरेको भन्दै अदालतमा रिट हालेकी थिइन् । अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिएको हो ।



अदालतको आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृत प्रवेश र वृक्षारोपण नगर्नू, नगराउनू ।’

अदालतले निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपुर्जा प्रतिलिपीबाट देखिएकोले कानुनबमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रूपमा रहने भनेको छ ।



यसैबीच मेयर साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । बिहीबार बेलुकी साढे ९ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो प्रतिबद्धता जनाएका हुन् । 



  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार २१:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया