रुकुम पश्चिममा पहिरो खस्दा दुईको मृत्यु, एकजना घाइते
फाइल तस्बिर

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।  

पहिरोमा परी एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने ३ बजेतिर घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार उनीहरूको घटनास्थलमै मृत्य भएको हो । 

त्यस्तै, बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टराईले बताए । घाँस काट्नेक्रममा टेकेको ठाउँ भासिएर तीनजना पहिरोसँगै खसेको उनको भनाइ छ। 

तीनै जना करिब पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार ६:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया