मधेसलाई सुख्खाग्रस्तक्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले, मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
 
महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिएका हुन् ।
 
सिँचाइको समस्या छँदैछँदा सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीकोसमेत समस्या विकराल देखिएको भन्दै उनले संवेदनशील हुन संघ र प्रदेश सरकारलाई आग्रह गरे ।

उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताए । 

‘नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झण्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु,’ उनले भने । 

नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशको दिगो विकासका लागि आग्रह गरे। 
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सदैव नागरिकका सवालमा संवेदनशील भएको बताए । 





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार २०:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया