फिफा महिला विश्वकप : इंग्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा

इंग्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा इंग्ल्यान्डले चीनलाई ६–१ गोलले हरायो । अर्को खेलमा डेनमार्कले हैटीलाई २–० गोलले स्तब्ध बनायो । समूहको तीनै खेलमा शतप्रतिशत जित निकालेको इंग्ल्यान्ड नौ अंकसहित शीर्षस्थानमा रह्यो ।

समान खेलबाट ६ अंक बनाएको डेनमार्क समूह उपविजेता बन्यो । तीन अंक बनाएको चीन र अंकविहीन हैटी विश्वकपबाट बाहिरिए ।  





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार १९:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया