कोशी प्रदेशको सरकार विस्तार, सभामुखबाट राजीनामा गरेका गौतम बने अर्थमन्त्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोसी प्रदेशको सरकार विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले शपथ लिएलगत्तै तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

थापाले सरकार गठनका लागि सभामुखबाट राजीनामा गरेका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिएका छन् । 

मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट गौतम, नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई मन्त्रीमा नियुक्त गरेका छन्। 

आजै तीन मन्त्रीहरूले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । जबेगु र सुनुवार यसअघि विनविभागीय मन्त्री भएका थिए ।

यसअघि आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका जीवन आचार्यले पनि सो मन्त्रालयमा दाबी गरेका थिए । उनको दाबीका कारण मंगलबार नै हुने भनिएको मन्त्रिपरिषद विस्तार रोकिएको थियो । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् ।





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १८:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया