logo-img

बर्दियामा स्थानीयद्वारा वडा कार्यालय घेराउ

बर्दियाको राजापुर नगरपालिका वडा नं. ७ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । आफूहरूको धान वाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरूले वडा कार्यालय घेराउ गरेका हुन् । 

स्थानीयले घेराउपछि उनीहरूले वडा कार्यालयमा तालासमेत लगाएका छन् । १०/१२ वर्ष अघिबाट चलन चल्तीको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगा बढी धान वाली डुबानमा परेको स्थानीयको गुनासो छ ।

बर्खा याममा डुबान पर्ने भन्दै यस अघि समस्या समाधानका लागि न्यायिक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय नर जङ्ग शाहीले बताएका छन् । वडा अध्यक्षले समस्या समाधान गर्छु भने आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफूहरू बाध्य भएर वडा कार्यालय घेराउ गर्न आएको शाहीको भनाई छ। 

यस्तै, स्थानीय सुरेन्द्र चौधरीले मागहरू सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । स्थानीयहरूले वडा कार्यालय घेराउ गरे पनि वडा अध्यक्षले आफू वडा कार्यालय आउन नसक्ने भन्दै पन्छिएको आरोप लगाएका छन् । 

यता वडा अध्यक्ष रामु थारुले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खबर आएको र न्यायिक समितिमार्फत समस्या समाधान गरिने बताएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १५:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया