logo-img

योजना आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबीच शिष्टाचार भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

युनिसेफको नेपाल प्रतिनिधिका रुपमा आउकी अकुंगाले बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । 

उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षा लगायतका काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताए । 

सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो । केन्याकी नागरिक अकुंगा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तानमा लगायतका देशमा बालबालिकाका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । 





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १७:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया