logo-img

राजनीतिक पार्टीहरूमा सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी भयो : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीहरूमा सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी भएको बताएका छन् । 

नेपाल समाजवादी पार्टी बागमती प्रदेश र गैर भौगोलिक प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण तथा विस्तार अभियान बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष भट्टराईले सत्ताको दुरुपयोग चरम रूपमा बढेको बताए । उनले अहिले राजनीति पार्टीहरूमा खाली पार्टी भित्रको सत्ताको पद,चुनावमा कसले टिकट लिने भन्ने र  सत्ताको लाभ कसरी लिने भन्ने प्रवृत्ति बढेकाले जनतामा पार्टी नेता भन्ने बित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको बताए । 

उनले भने, ‘विचार राजनीतिको कार्यदिशा अत्यन्तै पुरानो भइसकेको छ । राजनीति दलहरूमा विचारको रुचि कसैले राख्दैनन् खाली पार्टी भित्रको सत्ताको पदमा को मान्छे तल हुने को माथि हुने भन्ने विषय र चुनावमा कसले टिकट लिने र सत्ताको लाभ कसरी लिने भन्ने मन्त्री हुने जस्ता विषयहरूमा हरेक पार्टीको शैली देखिन्छ । त्यसैले पार्टी नेता भन्ने बित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको छ ।’

अध्यक्ष भट्टराईले आफ्नो नेपाल समाजवादी पार्टी सत्ताको दोहन गर्ने र निजी लाभ लिने नभई जनताको सेवा गर्ने पार्टी भएको दाबी गरे ।   





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १४:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया