पाकिस्तानमा डुंगा पल्टिँदा ७ जनाको मृत्यु

पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारा नजिकै डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ  । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सोबारे जानकारी दिएको छ । स्रोतका अनुसार डुङ्गा अत्यधिक भारका कारण पल्टिएको हो । डुङ्गामा ५० भन्दा बढी मानिस सवार थिए ।

नदीबाट सात जनाको शव निकालियो भने धेरै यात्रुले ज्यान जोगाउन सफल भएका थिए । पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले सम्बन्धित अधिकारीहरूलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

यसअघि उमरकोट जिल्लाको धोरो नारो नजिक कलंकर तालमा डुङ्गा पल्टिँदा कम्तीमा छ जनाको मृत्यु भएको एआरवाई न्युजले जनाएको छ ।

यसैगरी सेहर फकिर दरबारमा श्रद्धाञ्जली अर्पण गर्न १० जना चढेको डुङ्गा पल्टिँदा ६ जनाको डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी र उद्धार टोलीले पोखरीबाट तीन बालबालिकाको शव निकालेको छ । 

अन्धकारका कारण उक्त क्षेत्रमा उद्धार कार्य रोकिएको र बेपत्ता भएका तीन जनाको खोजीका लागि बिहान पुनः सुरु गरिने एआरवाई न्युजले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १६:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया