logo-img

आरजु राणाविरुद्ध टिकटक बनाएको भन्दै तरुण दलले जनायो आपत्ति
फाइल तस्बिर

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएको भन्दै उक्त विषयमा आपत्ति जनाउँदै पार्टीको युवा संगठन तरुण दलले विज्ञप्ति निकालेको छ । 

शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए । 



‘उक्त कार्यमा संलग्न व्यक्ति वा समूहलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छौँ’, सदस्य न्यौपानेले भने, ‘आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैँ प्रतिकारमा उत्रने छौँ ।’ 





  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार ८:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया