logo-img

गरिबी हटाउने योजनाको डिपिआर बनाउन खोज्दा ओलीले रोके : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन् । समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुसालले मुलुकबाट गरिबी हटाउने आफूहरूको लक्ष्य र योजनाको डिपिआर बनाउन ओलीले नदिएको दाबी गरे ।  

उनले भने, ‘राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो । यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा नजाने भन्नु भयो, अबको १० वर्षमा हामी गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिस्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नु भयो । आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डिपिआर बनाउन र लागू गर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो । ’ 

समाज परिवर्तन गर्ने हो भने युवाहरूलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भए पनि अगाडि बढ्न बढी सङ्ख्या नचाहिने पनि भुसालले प्रस्ट पारे । उनले भने, ‘एउटा राम्रो अभियान सुरु गर्न सक्यौँ भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरू सम्पन्न गर्छौ । त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ । यसले हामीलाई सक्षम बनाउन सक्छ । राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउन सक्छौ र तर जब ओलीले संसद् विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौँ ।’  





  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार १२:४४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया