महापण्डित मरासिनीको १४१औँ जन्मजयन्तीमा स्रष्टालाई पुरस्कार प्रदान

महापण्डित दधिराम मरासिनीको १४१औँ जन्मजयन्तीका अवसरमा आज पत्रकार तथा स्रष्टालाई पुरस्कार प्रदान गरिएको छ ।

दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा वरिष्ठ साहित्यकार मीनप्रसाद गौतम, वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली र कवि कुलचन्द्र मरासिनीलाई जनही १० हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरूलाई सम्मान गर्दै मुलुकमा सुशासन कायम राख्न तथा जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्रष्टाका सिर्जना सशक्त हुने बताइन् । 

सामाजिक सेवाका माध्यमबाट राष्ट्र निर्माणमा योगदान गरेका अग्रज व्यक्तित्वलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्तालाई पुराना अनुभव र थप ज्ञान प्राप्त हुने उनको भनाइ थियो । 

वरिष्ठ साहित्यकार मीनप्रसाद गौतमले संस्कृत व्याकरणको गहन अध्ययनबाट नेपाली साहित्यलाई समृद्ध बनाउन सकिने बताउँदै नयाँ पुस्तालाई संस्कृत भाषा सिकाउन पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए । 

आफू करिब तीन दशकको राष्ट्रसेवाबाट निवृत्त भएपछि आत्मदर्शन, रामगीता, तीर्थदर्शन, सर्वधर्म आदि आध्यात्मिक कृतिको रचना गरेको उनले जानकारी दिए । 



कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको मेरो जीवन र अनुभूति कृति विमोचन गरिएको थियो ।



  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार २२:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया