डोल्पामा ट्याक्टर दुर्घटना : सातजना घाइते, दुईको अवस्था गम्भीर

डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

ठुलिभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त ३५७८ नम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो ।​

घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंले जानकारी दिए ।  

चालक सुरज बोहराले भित्तिमा मदिरा पिएर ट्याक्टर चलाएकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार ७:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया