logo-img

राजनीतिक भागबण्डाकै कारण शान्ति प्रक्रियाले पूर्णता पाएन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको बताएका छन् । 

आइतबार मानव अधिकार तथा शान्ति समाजले, काठमाडौंमा आयोजना गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन विधेयकका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँग विशेष छलफल कार्यक्रममा उनले भागबण्डाको राजनीति कै कारण शान्ति प्रक्रियाले ठोस रूप लिन नसेकेको दाबी गरे । 

उनले भने, ‘शान्ति प्रक्रियाको पक्षमा नजानु र पीडितको पक्षमा नजानुको मुख्य कारण चैँ सरकार र सरकारमा रहेका पार्टी नै विदेशको प्रभावमा पर्नुको नतिजा हो ।’



सरकारमा रहेका पार्टीहरू विदेशीहरूको प्रभावमा परेको कारणले गर्दा जनताले न्याय नपाएको उनको भनाई छ । उनले ललिता निवासको घटना सेलाउन नपाउँदै सुन तस्करी प्रकरण आएको र जनताले न्याय नपाउनुमा राजनीतिक पार्टीको भागबण्डा नै प्रमुख भएको बताए । 





  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार १६:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया