logo-img

विश्व स्तरीय शिक्षणमा मदन भण्डारी विश्वविद्यालय सफल हुनेछ : शिक्षा मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले नव स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्व स्तरीय शिक्षणमा सफल हुने विश्वास व्यक्त गरेका छन् । 

सोमबार ललितपुरमा आयोजित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय उद्घाटन सम्मेलनमा मन्त्री राईले विश्वविद्यालयले विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि विश्व स्तरीय शिक्षणमा सफल हुँदै अध्ययन तथा अनुसन्धानमा केन्द्रित हुने बताए । 

उनले भने, ‘सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विश्वविद्यालय सफल हुनेछ, धेरै चुनौतीलाई पार गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयले सफलता प्राप्त गर्नेछ ।’ 



उक्त सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरूपमा अध्ययन अनुसन्धानका लागि कार्य गर्न हेतु उक्त विश्वविद्यालय र लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौतासमेत सम्पन्न भएको छ । विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा.राजेन्द्रध्वज जोशी र उद्योगका अध्यक्ष दीपक पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

विसं २०७६ वैशाखमा मदन भण्डारी विज्ञान तथा प्रविधि विकास बोर्डको स्थापनासँगै विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको थियो । सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेश अनुरूप ज्ञान र प्रविधिको सिर्जना गर्ने ,समृद्ध नेपाल निर्माणमा सघाउने लगायतका उद्देश्यले विश्व स्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना गरिएको हो । 

नवनिर्मित विश्वविद्यालयले मकवानपुरको चित्लाङमा डिसेम्बर १,२०२३ देखि देशको वास्तविक जीवन आवश्यकतामा केन्द्रित हुने गरी अनुसन्धानमा आधारित स्नातकोत्तर र विद्यावारिधि (पिएचडी) सम्मको कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ ।  





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १४:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया