logo-img

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार विश्वकप छनोट २०२६ अन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।



खेल म्यानमारको याङ्गुनमा ८ र ११ सेप्टेम्बरमा खेलिनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेल्न लागिएको हो । नेपालले १२ र १७ अक्टोबर मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्ने तालिका छ ।

दोस्रो चरणमा प्रवेश गरेमा नेपालले समूह ‘एच’ मा रहेको यूएई र बहराइन वा यमन र श्रीलंकाबीच विजेतासँग खेल्नेछ ।   





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार ८:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया