logo-img

आँखा पाक्ने रोगका कारण पोखराका शैक्षिक संस्था तीन दिन बन्द

आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
    
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको हो । 

वर्षे, हिउँदे, स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए । 
    
विद्यार्थीहरूलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि संक्रणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।







  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १७:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया