logo-img

मोरक्कोलाई हराउँदै फ्रान्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

फ्रान्सले मोरक्कोलाई हराउँदै महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । युजेनी ले सोमरको दुई गोलको मद्दतमा फ्रान्स विजयी भएको हो । 

फ्रान्ससँग ४–१ को हारसँगै अफ्रिकी टोलीको सपना टुट्यो । एडिलेडमा भएको खेलको पहिलो हाफमा काडिडियाटोउ डियानी, केन्जा डाली र ले सोमरले गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा ले सोमरले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ४–० ले विजयी भयो । विजयी फ्रान्सले शनिबार ब्रिसबेनमा घरेलु टोली अस्ट्रेलियासँग खेल्नेछ ।







  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १९:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया