कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् । 

कोशी प्रदेश सरकारको वार्षिक क्यालन्डरमा नै प्रदेशभरी यो दिवसका दिन बिदा दिने तय गरिएको छ । कोशीमा आदिवासी तथा जनजाति समुदायको बसोवास अन्य प्रदेशको तुलनामा धेरै छ ।

‘आदिवासी युवाहरू आत्म–निर्णयका लागि परिवर्तनका एजेन्टहरू’ भन्ने नारासहित आज अर्थात् ९ अगस्टमा  अन्तर्राष्ट्रियरूपमा आदिवासी जनजाति दिवस मनाइन्छ ।  





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार ९:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया