logo-img

सवारीसाधनको व्यवस्थापनमा रास्वपाको खटायो ५० स्वयंसेवक

नारायणगढ–मुग्लिन सडक खण्डमा तत्काल प्रतिकार्य समूह (आरएटी) परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उक्त समूह नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेका यात्रु र सवारीसाधनको व्यवस्थापनमा खटिएको हो ।

समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको रास्वपाका सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

विपद्का समयमा परिचालन हुने गरी समूह बनाएर परिचालन गरिएको उनले बताए । केन्द्रमा विष्णुकुमार श्रेष्ठको नेतृत्वमा उक्त समूह गठन गरिएको थियो ।



उक्त समूहले कार्यक्षेत्रमा रहेका प्रहरीसँगको समन्वयमा उद्धार, व्यवस्थापन र राहतका कामहरू गर्नेछ । मङ्गलबारदेखि विपद् परेका स्थानमा परिचालन हुनेगरी खटाइएको उक्त समूहले  पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन पहल गर्ने  जनाइएको छ ।

सभापति लामिछाने निर्वाचित भएको सय दिनअन्तर्गत घोषणा गरिएको कार्यक्रमअन्तर्गत यो समूह परिचालन भएको हो । अब नियमित समूह परिचालन हुने निजी सचिव सिग्देलले जानकारी दिए ।

सो समूहले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा पहिरोमा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो । 





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १३:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया