logo-img

सरकारले सुन काण्डको छानबिन समिति बनाउनै पर्छ : गोकर्ण विष्ट
फाइल तस्बिर

नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैधरूपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिएका छन् । 

एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौं पूर्ण  बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकारले पारदर्शी रुपमा अगाडि बढ्नका लागि सुन काण्डको छानबिन समिति बनाउनै पर्छ ।’ 

वर्तमान सरकारले भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । साथै चौधौं पूर्ण बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी १५ र १६ असोजमा पोखरामा आयोजना गर्नेलगायत विभिन्न आठ निर्णय गरेको जानकारी दिइएको छ । 



त्यस्तै, पोखराको उपयुक्त स्थानमा गण्डकी प्रदेश कमिटीको कार्यालय निर्माण, सङ्गठन विस्तार, जिल्ला जिल्लामा प्रचार तथा  प्रकाशन विभागलाई पूर्णता दिने, जिल्लास्तरीय प्रचार भेला तथा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम गर्नेलगायत निर्णय गरिएका छन् । 

स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जनसङ्गठन पार्टीमा पोषण दिने जरा भएको हुँदा समन्वयको पाटोलाई प्रभावकारी बनाउन भेला उपलब्धि मुलुक बन्ने विश्वास व्यक्त गरे । साथै उनले स्थानीय तहमा अत्यधिक रुपमा वृद्धि गरिएको करको विरोध गरे । 





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १४:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया