logo-img

रोकिएन नेपाली फुटबलरको विदेश पलायन : पुजन, रवि र निशान पनि अस्ट्रेलिया प्रस्थान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय फुटबल टोलीका थप तीन खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्यहरू पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।  

राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू उज्जवल भविष्यको खोजीका लागि अस्ट्रेलिया लागेका हुन् । रवि नेपाल पुलिस क्लबमा आबद्ध थिए भने निशानले शहीद स्मारक ए डिभिजन लिग संकटा क्लबबाट खेलेका थिए । 

पुजनले भने लिगको उपविजेता मछिन्द्र क्लबबाट लिग खेलेका थिए । पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबल सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ । 



केही दिनअघि मात्र सातदोबाटो युथ क्लबका स्ट्राइकर दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए । 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १४:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया