logo-img

विद्युत् प्राधिकरणको घट्यो आम्दानी, अघिल्लो वर्षभन्दा १ अर्ब ४ करोड घाटा

नेपाल विद्युत् प्राधिकरणको आम्दानी घटेको छ । बिहीबार नेपाल विद्युत् प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक अर्ब ४ करोडले नाफा घटेको  जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक अर्ब ४ करोडले नाफा घटेको जानकारी दिएका हुन् । गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्नु,  हिउँ नपर्नुलगायतका कारणले विद्युत् उत्पादनमा घटेको भन्दै उनले  आन्तरिक माग धान्न विद्युत् आयात गर्नु परेको नाफा प्रभावित भएको बताए ।  

‘आर्थिक वर्ष २०७७ —७८ मा नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको मा २०७८—८९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड  रुपैयाँ पुगेको थियो ।  ७९—८० मा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेकोले प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरू विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको हो ।’

उनले  विद्युत् आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीमा सुधार, पूर्वाधार निर्माण र सुदृढीकरण अगाडि बढाइएको पनि दाबी गरे । काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ सहरहरूको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध प्रशारण लाइन तथा सवस्टेसनहरूको निर्माण अगाडी बढाएको उनको भनाई छ । 

उनले भने, ‘विद्युत् आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार निर्माण व्यवस्था संरचनाहरु र सुधार र सुदृढीकरण अगाडि बढाइएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ सहरहरूको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध ४ सय २२० र १३२ के. बिका प्रसारण लाइन तथा सवस्टेसनहरूको निर्माण अगाडी बढाइएको छ ।’

महानिर्देशक घिसिङले सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउन डिजिटल कार्यक्रम अन्तर्गत प्रसारण तथा वितरण तर्फका सवस्टेसनहरूलाई स्वचालित बनाउन सुरु गरिएको पनि जानकारी दिए ।  





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १५:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया