भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो
फाइल तस्बिर

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर अवतरण गरिएको बताइएको छ । 

जहाजमा सवार यात्रुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । समस्या आएको उक्त जहाजलाई प्राविधिक टिमले चेकजाँच गरिरहेका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १७:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया