logo-img

आइसिसी महिला टी–ट्वान्टी छनोट : को-को परे अन्तिम टोलीमा ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने आइसिसी महिला टी–ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा गरेको छ । 

क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

२०२४ मा आयोजना हुने विश्वकपका लागि मलेसियाले अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म एसिया छनोट आयोजना गर्दै छ ।  



छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा भुटान, आयोजक मलेसिया, बहराइन, कतार र यूएई रहेका छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

एसिया छनोटबाट दुई टिमले ग्लोबल क्वालिफायर खेल्नेछन् ।



अन्तिम टोली

रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पौडेल, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल



  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार २२:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया