logo-img

जुगल र मुकुन्द प्रतिविम्ब सार्वजनिक

वरिष्ठ गीतकार डाक्टर मुकुन्द पथिकको शब्द र वरिष्ठ सङ्गीतकार जुगल डंगोलको संगीतमा गीतिसंग्रह ‘प्रतिविम्ब’ सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको सो गीति सङ्ग्रहमा  गीतकार डा. पथिकको एकल रचना रहेको छ । ती सबै गीतहरूमा सङ्गीतकार  डंगोलको एकल सङ्गीत सुन्न सकिन्छ । 

यो गीतिसँग्रहमा ६ वटा गीतहरू रहेका छन् । सङ्ग्रहमा शुभकामना, छोरो पायो बुहारीलाई, विदेशमा पढ्न गयो, प्रेमको प्रस्ताव, कोही मर्दा र नेपालमा जन्मेकी हुँ गीत सङ्ग्रहित छन्। पछिल्लो समय एकल गीत निकाल्ने गरिएकोमा गीतकार पथिक र सङ्गीतकार डंगोलले ६ वटा गीत समेटेर यो संग्रह ल्याएका हुन् । 

यी गीतहरूलाई अग्रज कलाकारहरू मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान राना, सुगम पोखरेल, हेमन्त कान्छा रसाइली, निशान भट्टराई र प्रिजा मिश्रको स्वर रहेको छ । यी सबै गीतहरूको सङ्गीत संयोजन पनि जुगल डंगोलकै हो । गीतलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

सोही कार्यक्रममा यो गीतिसँग्रहको छोरो पायो बुहारीलाई छोरी पायो ज्वाइँलाई गीतको भिडियो पनि सो कार्यक्रममा सार्वजनिक गरियो । यो भिडियोमा गायक मदन कृष्ण श्रेष्ठले सो गीत गाएको देखाइएको छ । 





  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार १५:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया