logo-img

सरकार र निजी स्कुल सञ्चालकबीच सहमति, पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित
फाइल तस्बिर

सरकार र आन्दोलनरत निजी स्कुल सञ्चालकहरूबीच सहमति भएको छ । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी स्कुल सञ्चालकहरूले देशभरका स्कुल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । 

शुक्रबार सिंहदरबारमा रक्षा मन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरूबीचको छलफलमा विद्यालय शिक्षासम्बन्धी विधेयक निजी स्कुल सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएसँगै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए ।

यसअघि प्याब्सनका अध्यक्ष पाण्डव हमाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, हिसानका अध्यक्ष रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विधेयकको मस्यौदामा सात बुँदे सुझाव सार्वजनिक गरेका थिए । उनीहरूले आफूहरूको माग सम्बोधन नभएमा २८ गतेदेखि देशभर अनिश्चित कालीन स्कुल बन्द गर्ने  घोषणा गरेका थिए ।



आन्दोलनमा निजी विद्यालयका सञ्चालक

देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

निजी विद्यालयका सञ्चालक आन्दोलनमा



निजी स्कुललाई शैक्षिक गुठीमा रूपान्तरण कति जायज ?



  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार १५:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया