काठमाडौं महानगरले निकाल्यो छात्रवृत्तिको नतिजा, बालेनले दिए बधाई

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेको छ । महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा सो जानकारी दिँदै छात्रवृत्ति कोटामा अध्ययन अवसर प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिएका छन् । 

नतिजाअनुसार विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने शाहले जानकारी दिए । 

यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइनेछ । महानगरले साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई समय दिएको थियो । त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु सिफारिस गरिएको मेयर शाहले बताए । 

प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं, श्रेणी (र्‍यांक), प्राथमिकता आदेश (प्राइरोटी अर्डर) समावेश गरिएको छ । 

यसैगरी  क्याटागोरीअन्तर्गत आरक्षणसम्बन्धी विवरण समावेश गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोवास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ । 

यस कोलममा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपांगता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै, स्कुल टाइपमा एसइई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत–निजी) सम्बन्धी विवरण राखिएको छ । 



आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुनुनपरोस् भन्ने महानगरको चाहना रहेको मेयर शाहको भनाइ छ । यसलाई निष्पक्ष र सन्तुलित बनाउन महानगरले विकास गरेको प्रणालीमा आधारित नतिजा सार्वजनिक गरेको उनले बताए । 

उनका अनुसार पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नुपर्नेछ । यसपछि हामी भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्ने उनले बताए ।
 
यससँगै उनले शैक्षिक संस्थालाई छात्रवृत्ति कोटाबाट भर्नाका आएका विद्यार्थीलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । विद्यार्थीहरुले भर्ना प्रक्रियाका लागि वेब http://kathmandu.gov.np/ ठेगानामा गएपछि खुल्ने पेजमा देखिने Check Your Status मा थिच्नुपर्छ । यसले मागेका विवरण दिएपछि भर्ना सिफारिससहितका विवरण प्राप्त हुनेछन् । 



यस प्रक्रियामा कुनै अन्योलता भए यमलाल चौलागाईं ९८४१३८६९४९, खगराज जोशी ९८४१३७६६१८, डा. शर्मिला पोखरेल ९८४१३५४१२४, इन्द्रप्रसाद दाहाल ९८५१०६६६१७ र नेत्रनारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गरेर सहयोग लिन मेयर शाहले आग्रह गरेका छन् । 

  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १८:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया