पेट्रोलियम पदार्थको मूल्य वृद्धि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

निगमले आज मध्यरातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गर्ने निर्णय गरेको जनाएको छ । 

आजै भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ वृद्धि भएर आएको थियो । पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्यप्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको हो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर काठमाडौंमा १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १६७ रुपैयाँ पर्ने भएको छ । 

सोहीअनुसार निगमले परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर नयाँ मूल्य कायम गरेको विज्ञप्तिमार्फत जनाएको छ।   





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार २१:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया