साहित्यकार नेपाललाई गोपाल पाँडे असीम पुरस्कार प्रदान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गोपाल पाँडे असीम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिएको छ ।

नेपाली शिक्षा परिषद्को ७३औँ वार्षिकोत्सव एवं भाषासेवी गोपाल पाँडे असिमको १११औँ जयन्तीको अवसर पारेर आज नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार नेपाललाई प्रदान गरिएको हो ।

उक्त पुरस्कारको राशि ५० हजार नगद र प्रमाणपत्र रहेको छ । यस्तै, गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार दरबार हाइस्कुलकी छात्रा आयुष्मा खड्कालाई प्रदान गरिएको छ । 

उक्त पुरस्कारको राशि पाँच हजार रहेको छ । सो पुरस्कार दरबार हाईस्कुलबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई हरेक वर्ष असीम जयन्तीको अवसरमा प्रदान गरिँदै आएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै शिक्षाविद् प्रा.डा. पार्थिवेश्वर तिमल्सिनाले नेपालको भाषा र साहित्यको क्षेत्रमा गोपाल पाँडे असीमको महत्वपूर्ण योगदान रहेको बताए । ‘नेपाली भाषामा शिक्षा लिनुपर्छ भनेर शिक्षा परिषद्मार्फत अभियान चलाएका गोपाल पाँडेको नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ,’ उनले भने । 

नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले राष्ट्रभाषाको विकास नभए देशको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने गोपाल पाँडेले नेपाली भाषालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । 



०४९ देखि नेपालको भाषा र साहित्यको विकासमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई गोपाल पाँडे असीम पुरस्कार प्रदान गर्दै आइरहेको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले जानकारी दिए । 



  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २३:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया