logo-img

सिम्रनको सुर : जादुमयी स्वरका कारण चर्चामा, पहिलो गीत नै ट्रेन्डिङ वानमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जब प्रतिभाको पहिचान हुन्छ तब प्रतिभाले आफ्नो जादु देखाउन थालिहाल्छ । यो कुरा संगीत क्षेत्रमा त झनै लागु हुन्छ । बागलुङ कि सिम्रन परियारको हकमा त झनै ठीक ठहरिन्छ ।

सानै देखि नै संगीतमा निकै रुचि राख्ने १८ वर्षीया सिम्रन आफ्नो सुमधुर स्वरका कारणले अहिले चर्चामा छिन । टिकटक, फेसबुक,युट्युब जस्ता सामाजिक सञ्जालमार्फत आफ्नो मीठो आवाजमा सबै खाले गीत सुनाउन थालेकी सिम्रनलाई दर्शक/श्रोताले पनि निकै रुचाएको देखिन्छ । 

उनको गायन क्षमता र गजबको प्रस्तुति रातारात भाइरल हुन पुगेको छ । गीत  रेकर्डिङकालागि काठमाडौं आए पश्चात् सिम्रनले चर्चित गाएक प्रमोद खरेल, सीडी विजय अधिकारी लगायत थुप्रै कलाकारसँग भेट गरेकी छन् । 

विभिन्न कलाकारहरूसँगको भेटपछि सिम्रनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘हिजो सम्म केही थिएन आज थप पहिचान पाएकी छु, रहर त पुग्यो तर लक्ष्य अझै बाँकी छ ।’ 

पछिल्लो समय सिम्रन रेकर्डिङमा यति व्यस्त छिन् कि भनि साध्य छैन । गीतकार सुनिल बिसीले प्रमोद खरेलको स्वरमा रहेको आफ्नो गीत ‘उसलाई पाउन–२’ को फिमेल भर्सन गाउन दिएका थिए । 

उनको पहिलो गीत ‘उसलाई पाउन’ निकै हिट बन्यो । युट्युबमा २० लाखभन्दा बढीले हेरिसकेको उनको यो पहिलो गीत नै अहिले ट्रेन्डिङ नम्बर ‘वान’ शीर्ष स्थानमा रहेको छ । त्यही गीत फिमेल भर्सनमा गाएसँगै सिम्रनको सांगीतिक जीवन अगाडि बढ्न थालेको छ । 



‘उसलाई पाउन–२’,‘सुस्तरी’,‘मुटुमै घाउ छ’,‘भूपू माया’,‘ए झरी’,‘पीपल छेउमा वर’ लगायतका गीत गाएकी सिमरनले हालसम्म १०  गीत  रेकर्ड गरिसकेकी छन् । छोटो समयमै लोकप्रियता हासिल गर्न सफल सिम्रन दर्शकको नजरमा प्यारी गायिका हुनु स्वाभाविकै हो । 



  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १४:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया