logo-img

राजेन्द्र लिङ्देनको आरोप- पूर्वप्रधानमन्त्री परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्‍यो
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।   

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको दाबी गरेका हुन् ।

‘आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन ? अदालतले अस्ति भर्खर आदेश दियो । त्यो आदेश तामेल गर्ने, पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर भनेको छ । खै सरकार ?,’ लिङ्देनले प्रश्न गरे, ‘यदि यो सरकार भ्रष्टाचारको विरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन ? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ । जे भयो यत्तिमै राख्ने निर्णय भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिन पछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरू ठालु पक्राउ पर्नेछन् ।’  



उनले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार विरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए । लिङ्देनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे । उनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए । 

‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तररूपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ । आज भ्रष्टाचार कुन ढंगले बढेर गइरहेको छ,’ लिङ्देलले भने, ‘आज महँगी कुन ढंगले बढिरहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढंगले बढिरहेको छ ? तपाईँ कल्पना गर्नुहोस् । यही स्थिति छोडिरहने हो भने ०८४ को चुनाव आउला ? नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको छ ।’ 

उनले नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको बताए । लिङ्देलले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए ।  



‘कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको सिकार बन्नसक्छ । आज सरकाकर मस्त निन्द्रामा छ । केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारको बिरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ,’ लिङ्देलले भने, ‘केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काम गर्न लाग्यो कि के हो भनेर । आज आदेशअनुसार काम गर्ने ?’ 



  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १८:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया