logo-img

भारतको बिहारमा घरमै गोली हानी पत्रकारको हत्या

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका समय पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।

हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उनलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले ढोका ढकढक्याएर नाम उच्चारण गरेरै बोलाएपछि ढोका खोल्दा यादवको छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारले भने, ‘यादवको घटनास्थलमै मृत्यु भएको हो ।’ यसैबीच, बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीलाई निर्देशन दिएका छन् ।

पत्रकारहरूसँग घटनाबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री कुमारले भने, ‘यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो । कसरी मानिसलाई यति निर्मम तरिकाले मार्न सक्छ ?’ 



उनले अधिकारीहरूलाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको बताए । 



  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार २२:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया