logo-img

एमाले अध्यक्ष ओली इतिहासप्रति पूर्वाग्रही रहेको नकेपा एसका महासचिव भूसालको आरोप

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित निरोज कट्टेलको २०८० झापा विद्रोहको अन्तरकथा विमोचन कार्यक्रममा उनले ओलीले माओवादी जनआन्दोलको विषयलाई लिएर मिल्दा महान र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको भन्दै उनले इतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका हुन् । 

उनले भने,‘फर्केर हेर्दा राजनीनिक नेतृत्वमा कमरेड ओलीले इतिहासको बारेमा जसरी बोल्छन् । माओवादीको जनआन्दोलनबारे जसरी बोल्छन् । राज्यले त्यसलाई इतिहासलाई अझै अगाडि लैजान्छौँ भनेर सहमति भएर अगाडि बढेको घटनालाई आज फर्केर हेर्दा जतिबेला मिलिन्छ, त्यतिबेला यो महान् कुरा भन्ने जति बेला मिलिँदैैन त्यतिबेला यो हत्यारा आतंककारी भन्ने ? राजनीतिमा इतिहासप्रति यो डरलाग्दो र घृणास्पद कुरा छ ।’
 
उनले आजको युग इतिहासको भन्दा पनि अझ राम्रो, महान् र नयाँ क्रान्तिको पर्खाइमा रहेको तर्क गरे ।





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १८:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया