logo-img

कालिगण्डकी नदीको बहाव उच्च, सर्तकता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय मुस्ताङले कालिगण्डकी नदीको बहाव बढ्दै गएको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले पनि कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुले उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को ठाडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र–४ को ग्रिन ताङ्वे र ताङ्वे गाउँको ठाडो खोलाको बहाव अत्यधिक उच्च रहेको भन्दै उक्त आग्रह गरिएको हो । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले पनि कालिगण्डकी नदीको बहाव बढेको भन्दै सतर्कताका लागि आग्रह गरेका छन् । नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भीषण बाढी आएको बताए।



कालिगण्डकीका शाखा नदीको बहाव उच्च भएकाले कालिगण्डकीको स्वरुप भयावह भइरहेको भन्दै आवश्यक सुरक्षा अपनाउन अनुरोध गरिएको हो । यसअघि साउन २८ गते अविरल वर्षासँगै कालिगण्डकी नदीको बहाव उच्च भएको थियो।





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार २०:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया