logo-img

महिला विश्वकप : इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो उपाधि

स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले उपाधिमा कब्जा जमाएको हो ।

हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।

स्पेनले खेलको २९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बारमाथि लागेर फर्किएको थियो । १७औं मिनेटमा स्पेनको प्रहार इंग्ल्यान्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् ।

स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् । तर, पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् ।

स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौँ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १–१ पटक विश्वकप जितेका छन् ।



स्पेन महिला र पुरुष दुवै फुटबल विश्वकप जित्ने दोस्रो टोली पनि बन्यो छ । यसअघि जर्मनीको दुवै टिमले विश्वकप जितिसकेका छन् ।



  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार २२:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया