logo-img

नेपालगञ्ज वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित भएका छन् । उनी अर्का उद्योगी ललित रौनियारलाई ८ सय ९० मतान्तरले हराउँदै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । 

धामीले २ हजार चार सय ५६ मत ल्याउँदा रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरेका वाणिज्य संघका निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए ।



१० जना सदस्यमा एउटा प्यानलबाट सात र अर्को प्यानलबाट तीन निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४ हजार ९ सय ३३ मतदाता रहेको संघमा ४ हजार १ सय ३२ मत खसेको बताइएको छ ।  





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार ६:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया