logo-img

कुथेलीबुखरी स्मल हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दोलखाको भीमेश्वर नगरपालिका–३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कूल १२ लाख १८ हजार ६ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले संस्थापकका लागि नौ लाख ७४ हजार ९ सय ४० कित्ता र सर्वसाधारणका लागि निष्कासन गरेका २ लाख ४३ हजार सात सय ३५ कित्ता सेयर सूचीकृत गरिएको छ । 

आइतबार नेप्से र कम्पनबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ । कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै आजदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्सेले एक ५९ रुपैयाँ ६७ पैसादेखि ४ सय ७९ रुपैयाँ एक पैसासम्म ‘ओपनिङ रेञ्ज’ तोकेको छ ।



नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म ‘ओपनिङ रेञ्ज’ तोक्ने गर्छ । नेप्सेको स्पेशलप्रि–ओपन सेसनमा सोही रेञ्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुन्छ । 

यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले २०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो भने असोजदेखि व्यावसायिक उत्पादन थालेको थियो । 

कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले ९ सय ९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । यसको निर्माण लागत २४ करोड ७५ लाख रुपैयाँ रहेको सञ्चालक सन्तोष मैनालीले जानकारी दिए ।  





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १३:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया