logo-img

बयान लिन बोलाएर सिआइबीले त्यसै फर्कायो, म फरार छैन : पूर्वमन्त्री जोशी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रहरीले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई बयान लिन बोलाएर त्यसै फर्काएको उनले बताएका छन् । सोमबार राष्ट्रिय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा नै बयानका लागि बोलाइए पनि आफूलाई त्यसै फर्काइएको पूर्व मन्त्री जोशीले बताएका छन् । 

पूर्व मन्त्री जोशीले सामाजिक सञ्जालमा लेख्दै बयानका लागि सिआइबी प्रमुखले बोलाएपछि सोमबार दिउँसो १ बजे सिआइबीको कार्यालय पुगेको तर फेरि बोलाउला भनेर त्यसै फर्काएको बताएका छन् । 

उनले लेखेका छन्, ‘पहिलो पटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सिआइबी कार्यालय पुगेको थिए । तर बयान नलिई फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ । म फरार छुइन ।’



उनले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै आफू फरार नभएको पनि स्पष्ट पारेका छन् । 





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १७:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया