logo-img

कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । 

कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो ।  

कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारवाहीको प्रक्रिया अघि बढ्ने प्रनाउ गोदारले बताए । 



घटना लगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो । मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

कैदी मृत्यु प्रकरण प्रत्यक्ष सम्लग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ । कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट भदौ १ गते शुक्रबार दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ । असई चौधरीसहित ११ जना विरुद्ध  कर्तव्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागार निमित्त प्रमुख  घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन । 



कुटपिटबाट संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो  । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ जना कैदीबन्दी छन् । 



  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १७:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया