logo-img

डेंगु संक्रमण रोक्न औषधि छर्कँदै काठमाडौं महानगर
‘बायो लार्भिसिद जैविक औषधिले मान्छे असर गर्दैन’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले डेंगु फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जनाएका छन् ।  

देशभरी डेंगुको प्रकोप बढ्दै गइरहेका बेला मेयर शाहले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत काठमाडौंमा रोग नियन्त्रणका लागि लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने औषधि प्रयोग गर्न लागेको जनाएका हुन् ।

‘काठमाडौंमा डेंगी रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( दष्य बिचखष्अष्मभ ) छर्कँदैछाैँ । यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन,’ उनले लेखेका छन्, ‘औषधिलाई पानीको माथिल्लो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’

महानगरले डेंगुको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४सैं घण्टा सञ्चालनमा गरिएको जनाउँदै मेयर शाहले अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् ।  





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार ९:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया