logo-img

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्र सीमित : मीन विश्वकर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर गरेका हुन् । 

समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको दाबी छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले कांग्रेस प्रचारमा नभइ जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको पनि बताए । 



‘समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । यति फरक छ । हाम्रो पार्टी समाजमै छ । र, केही पार्टी सामाजिक सञ्जालमा छन् । यसलाई हामीले यसरी बुझेका छौँ,’ उनले भने, ‘हामीले के बुझेका छौँ भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने ? यसैका लागि हामीले के भन्यौँ भने अब यो घ्यूजस्तै चिज बेच्ने कि वास्तविक घ्यू नै बेच्ने भन्ने कुरा हो । घ्यूजस्तै बेचेका साथीहरूसँग हामी वास्तविक घ्यू नै लिएर जनतामा जाने हो ।’





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार ७:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया