logo-img

अप्रत्याशित पुनरागमन गर्दै अल नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अप्रत्याशित पुनरागमन गर्दै साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । नासरले शबाब अल अहलीलाई ४–२ ले हराउँदै एएफसी च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । 

नासर तीन वर्षमा पहिलोपटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्न सफल भयो । नासरको जितमा एन्डरसन टालिस्काले दुई, सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले १/१ गोल गरे । 



पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीको नाममा २ गोल रह्यो । खेलको ११औँ मिनेटमा टालिस्काले नासरलाई सुरुआताी अग्रता दिलाएका थिए । तर, १८ औँ मिनेटमा अल घासानीले अल अहलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।    

दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल अहलीले खेलमा अग्रता लियो । सुल्तान अल घानमले ८८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।



इन्जुरी समयको छैटौँ मिनेटमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ३–२ ले अग्रता दिलाए ।

इन्जुरी समयको अन्तिम समयमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै नासरलाई ४–२ को जित दिलाउँदै एएफसी च्याम्पियन्स लिगमा मा छनोट गराए । प्लेअफबाट नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब २४ अगस्टमा समूह चरण ड्र हुनेछ । 



  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार ७:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया