ज्ञानेन्द्र शाहीको प्रश्न- ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई किन पक्राउ गरिएन ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरूको नाममा पास भएको भन्दै सिआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

बुधबार  प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले देशमा ठूला नेतालाई कानुन नै नलाग्ने र जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेल हाल्ने काम भएको बताए । उनले यसको विरुद्ध सदनमा आवाज उठाउने मात्र नभई सडकमा आन्दोलन गर्ने चेतावनी समेत दिए । 

उनले भने, ‘यो देशमा कानुन दुईवटा बनाउनुपर्छ । ठूला नेतालाई कानुन नै नलाग्ने कानुनको हिरासतमा नजाने जनतालाई चाँहि गल्ती नगरेपनि कान समाएर जेल हाल्ने यो कानुन तपाईँले लेख्नुभयो भने सही हुन्छ । नत्र सदनमा आवाज होइन  आन्दोलन हुन्छ । पूर्व प्रधानमन्त्रीलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको यसको जवाफ दिनुपर्छ ।’

सांसद शाहीले ११३ रोपनी ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरूको नाममा जग्गा पास गर्ने निर्णय मन्त्रिपरिषदले गरेर अहिले केही व्यवसायीलाई दुःख दिन कै लागि पक्राउ गरिएको दावी पनि गरे ।  





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १७:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया