बाबुराम र माधव नेपाललाई हिरासतमा नराखे राप्रपा सडकमा जाने
गाई काट्नेमाथि कारबाहीको माग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताएका छन् । 

निर्दोष जनतालाई जेलमा कोच्ने, तर पूर्वप्रधानमन्त्रीहरुलाई भने हिरासत जानै नपर्ने दुई खालको कानुन लागू गरिए आफूहरुलाई सैह्य नहुने उनको चेतावनी थियो । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै उनीहरुलाई किन हिरासतमा राखेर अनुसन्धान नगरेको ? भनी सरकारलाई प्रश्न गरे । 

प्रमुख सचेतक शाहीले गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरुमाथि पशुपक्षी कसुरसम्बन्धी ऐनको आधारमा कारबाही गर्न पनि सरकारसँग माग गरे । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १८:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया