वाग्नर समूहका प्रमुख प्रिगोजिन हवाई दुर्घटनामा मारिएको दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिनको विमान दुर्घटना मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाग्रस्त विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

वाग्नर भाडा समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको दाबी गरेको छ । ग्रे जोन टेलिग्राम च्यानलले पोस्ट गरेको भन्दै बीबीसीले लेखेको छ, ‘रुसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप’ प्रिगोजिनको मृत्यु भयो ।’

प्रिगोजिनले जुनमा रुसको सशस्त्र सेनाविरुद्ध एक विद्रोहको नेतृत्व गरेका थिए । बेलारुसको मध्यस्थतामा पछि उनी त्यतै गएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । 

वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । वाग्नर समूहले गत जुनमा  रुसी सेनाविरुद्ध विद्रोहको प्रयास गरेको थियो ।   





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार ८:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया