logo-img

इन्जिनियरिङमा भएको शुल्क वृद्धिको चार विद्यार्थी संगठनद्वारा विरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विभिन्न चार विद्यार्थी संगठनले, इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धिको विरोध गरेका छन् । 

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, विभिन्न चार विद्यार्थी संगठनले इन्जिनियरिङको स्नातक तहमा नियमित तर्फ शुल्क ३५ हजार बाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाख ३० हजार बाट बढाएर ७ लाख ७५ हजार पुरÞ्याइएकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् । 

पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले वार्ताको मन्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् ।
 
‘वार्ताको मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निसर्त ढंगले त्यो शुल्क वृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु,’ उनले भनिन् ।

‘नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभूत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षाबाट वञ्चित गराउने निश्चित छ । इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी घोर भत्र्सना गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
 





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १९:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया