logo-img

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दुई लाख डलर जमानतमा रिहा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षा बन्दोबस्तमा ट्रम्पको त्यहाँ औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको छ । त्यस लगत्तै उक्त फोटो सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । 

फुल्टन काउन्टी जेलको प्रक्रिया पुरा गरेर उनले २ लाख डलर जमानतमा रिहा भएका छन् । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । 

जेलको प्रक्रियामा सामेल भए लगतै जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका ट्रम्पले आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए । ‘निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ । मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो । मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ,’ उनले भने ।



बुधबार उनका पूर्व वकिल रुडी जिउलियानी र अन्य सहप्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनी विरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको छ । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारीमा छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार ८:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया