बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं यात्रु सडकमै अलपत्र
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौं यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि  भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पुर्‍याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनले बताए । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको अभ्यक्ष पौडेलले बताए ।

‘केही दिन भयो दिनदिनै पानी परी राखेको छ, हिजोदेखि ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडी जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ,’ उनले भने, ‘वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पुर्‍याउने देखिन्छ ।’ 

यस खण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात सञ्चालनमा समस्या भएको छ । 





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २०:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया