logo-img

गौशाला २६ ले गरिन् आत्महत्या प्रयास, अस्पताल भर्ना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी छन् । औषधिको ओभरडोजका कारण बिरामी परेकी उनी उपचारका लागि अस्पताल भर्ना भएकी छन् ।

सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै गौशाला २६ ले ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् । नर्भिक अस्पताल भर्ना गरिएकी उनी अहिले खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो ।

उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् । 



सन्दीपविरुद्धको मुद्दामा भोलि पेसी तोकिएको छ । पेसीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । 

आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।





  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार १९:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया